मार्तडी बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरि नष्ट

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24
Paschim Today

बाजुरा,२६ भदौ : जिल्ला प्रशासन कार्यालय बाजुराले एक महिना अगाडी बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरि आज नष्ट गरेको छ । विभिन्न संचार माध्यामबाट पानीपुरी चटपटे सेवन गरि नागरिकहरु विरामी भएको बजारमा जनगुनासो आएपछी जिल्ला प्रशासन कार्यालय बाजुराले बजार अनुगमन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलको नेतृत्वमा बुधबार मात्र बरामद गरिएको उक्त सामान नष्ट गरिएका छन् । जसमध्य एक सय ८० पाकेट चटपटे भुजा,पर्वत मिक्स नमकिन ४३ पाकेट,पानीपुरी ५० पिस,भेनेगर सस १ बोतल ,टमाटर सस आधा बोतल बरामत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

मिती २०८१ साउन १४ गते मार्तडी बजार अनुगमन गर्दा पानीपुरी ,चटपटे बनाउनमा प्रयोग गरिएका सामान बरामद गरि उक्त नाम नखुलेका सामानहरु ल्याव परिक्षणका लागी खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाईएको थियो । उक्त कार्यालयको ल्याव परिक्षण च.न ५६.७५ को मिती २०८१ भदौ २४ गतेको गुणस्तर परिक्षण प्रतिवेदन अनुसार उक्त सामान कैफियत देखिएपछी जिल्ला प्रशासन कार्यालय बाजुराले आज नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिएका छन् ।

उनका अनुसार पानीपुरी चटपटे पसलका संचालक मिना खातुनको पसलबाट सामान बरामत गरिएका थिए । उनलाई १० हजार जरिवाना सहित म्याद गुजे्रका सामान बरामद गरि नष्ट गरिएको बताएका छन् ।

पछिल्लो समय बाजुराको मार्तडी लगायत अन्य क्षेत्रका बजारहरुमा नागरिकहरु मार परेका छन् । म्याद गर्जेका सामान विक्रि वितरण तथा कालोबजारी हुने गरेको उद्योग वाणिज्य संघ बाजुराका बरिष्ठ उपाध्यक्ष चक्र बहादुर रोकायाले बताएका छन् । यती बेला यो चार्ड पर्व र दशैको अबधिमा बजार अनुगमनमा जोडदिनुपर्ने उनले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुपक मण्डल,उद्योग वाणिज्य सङ्घका चक्र बहादुर रोकाया,कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल देवी खत्री, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी मान बहादुर रावल लगायतको सहभागिता रहेको थियो ।