एन्फा महिला लिग : विभागीय टोली एपिएफ विजयी

मंगलबार असोज १, २०८१/ Tuesday 09-17-24
Paschim Today

काठमाडौँ — एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा मंगलबार भएको खेलमा एपिएफले संकटाविरुद्ध ३–० को जित निकालेको हो ।

यो जितसँगै छ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ । प्रतियोगिता संकटा समान छ खेलबाट पाँच अंकका साथ सातौँ स्थानमा छ ।

एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।

 

खेलको ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।