बाजुरामा गोली लागी एकजना घाईते पछी गोली हाल्ने प्रकाउ

मंगलबार असोज ८, २०८१/ Tuesday 09-24-24
Paschim Today

बाजुरा,८ असोज : बाजुरामा भरुवा बन्दुक प्रहार गरि गोली हान्ने एक जना प्रकाउ परेका छन् । स्वामिकार्तिक खापर गाउँपालिकाका ३ रिउडाका अन्दाजी २७ बर्षिया प्रबेश शाही प्रकाउ परेका हुन । उनलाई बाजुरा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ३ दिन म्याद थप गरि अनुसन्धन भईरहेको डिएस्पी दिलिप गिरीले बताएका छन् ।

असोज ५ गते राती १० बजे तिर प्रबेश शाहीले अन्दाजी सोही ठाउँका ४० बर्षका धिरेन्द्र शाहीलाई बन्दुक प्रहार गरि गोली हान्न खोज्दा यता बिर बहादुर शाहीलाई गोली लागि घाइते भएपछी जिल्ला प्रहरी कार्यालय बाजुराले प्रकाउ गरेको डिएस्पी गिरीले जानकारी दिएका छन् ।

डिएस्पी गिरिका अनुसार प्रबेशले आफूलाई बन्दुकको गोली हान्न खोज्दा धिरेन्द्र शाहीले बन्दुकको नाल समाती साइट लगाउँन खोज्दा प्रबेश शाहीले बन्दुक पड्काएपछि बिर बहादुरको निधारमा चोट लागेर घाईते भएको बताएका छन् ।

घाइते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका–३ रिउडा बस्ने बर्ष ५४ का बिर बहादुर शाही रहेका छन् ।
बन्दुक पड्काउने प्रबेश शाहीलाई प्रहरी चौकी स्वामिकार्तिक र इलाका प्रहरी कार्यालय कोल्टीबाट गएको टोलीले असोज ६ गते भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको डिएस्पी गिरीले जानकारी दिएका छन् । घाईते बिरबहादुरको कोल्टी आधारभुत अस्पतालमा सामान्य उपचार पछि घर फर्काइएको उनले बताएका छन् ।