पन्तलाई पाँच हजार डलर पुरस्कार अवार्ड

शनिबार असोज १२, २०८१/ Saturday 09-28-24
Paschim Today

धनगढी, असोज १२ गते । कैलालीका वरिष्ठ नेत्र चिकित्सक डा. विद्याप्रसाद पन्तले पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन । 

डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले आफ्नो वार्षिक सम्मेलनको अवसरमा उनलाई पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ प्रदान गरेको हो । डेनमार्कको मिडलफर्ट सहरमा सम्पन्न सम्मेलनको अवसरमा आफूलाई सो अवार्ड मिलेको डा. पन्तले जानकारी दिए।  

डेनिस अफ्थालमोलोजिकल सोसाइटीले उक्त अवार्ड प्रत्येक वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमा आँखा सेवाको विकास एवम् विस्तार गर्ने चिकित्सकलाई प्रदान गर्ने गर्दछ । डा. पन्तले एसियाली मुलुकबाट यो अवार्ड पाउनेमा आफू पहिलो नेत्र चिकित्सक बनेको बताए । उनले अवार्ड प्राप्तिले गौरवान्वित महसुस भएको उल्लेख गरे । 

डा। पन्त सन १९८४ देखि आँखा उपचारको क्षेत्रमा क्रियाशील छन । उनले कैलालीको गेटा आँखा अस्पतालमा २४ घण्टामा ३१२ जनाको आँखाको शल्यक्रिया गरेर विश्व रेकर्ड बनाएका छन ।