दक्षिण कोरिया र नेपालको सम्बन्धले नयाँ उचाई चुम्ने राजदूत पार्कको दावी

बिहीबार असोज १७, २०८१/ Thursday 10-03-24
Paschim Today

काठमाडौँ — दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपाल र दक्षिण कोरियाको सम्बन्धले आगामि दिनमा नयाँ उचाई चुम्ने बताएका छन् ।

गणतन्त्र कोरियाको राष्ट्रिय दिवसको अवसरमा मंगलबार दक्षिण कोरियाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा राजदूत पार्क थेयङले नेपाल र अमेरिकाको ५० वर्ष लामो दौत्य सम्बन्ध अत्यन्त सौहाद्र्धपूर्ण रहेको बताउदै आगामि वर्षमा यो सम्बन्धले नयाँ उचाई चुम्ने बताए ।

राजदूत पार्कले दक्षिण कोरियाले मेड इन नेपाल, बिल्ड इन नेपाल, स्टार्टअप इन नेपाल, र नेपालसँग प्रत्यक्ष रुपमा जोडिएर समृद्ध नेपाल, सुखी नेपाली, भन्ने नारालाई साकार पार्न हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

उनले कोरियाले नेपालमा उत्पादन गर्ने प्रतिबद्धता जनाएर सामान उत्पादनको थालनी गरेको जानकारी दिए ।

गत वर्ष अप्रिल महिनामा सामसङ इलेक्ट्रोनिक्सको एसेम्बल लाइन सञ्चालनमा ल्याए पश्चात, लक्ष्मी हुन्डाईले पनि गत मे महिनाबाट नेपालमा अटोमोबाइल उत्पादनको लागि आफ्नो कारखाना सञ्चालनमा ल्याएको छ,राजदूत पार्कले भने आज, तपाईंहरू सबैले नेपाल-कोरिया साझेदारीमा मेड इन नेपालका मूर्त र दृश्य तथा परिणामहरू देख्न सक्नु हुन्छ। त्यसैगरी कोरिया गत आर्थिक वर्ष नेपालमा तेस्रो ठूलो वैदेशिक लगानीकर्ता (पेडअफ क्यापिटल)को रुपमा आफ्नो उपस्थिति जनाएको छ। मेड इन नेपाल भनेको लगानी, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणका लागि हो भन्ने लाग्छ। हामी अझ धेरै विषयमा साझेदारी गर्ने योजनाका साथ अगाडि बढेका छौं, ।

कोरियाली कम्पनीहरूलाई नेपालमा व्यापार व्यवसाय विस्तार गर्नका लागि नेपालसंग द्विपक्षीय लगानी सन्धिका लागि प्रयासरत रहेको र राम्रो एफडीआई अनुकूल वातावरण निर्माण गर्नका लागि प्रयत्नरत रहेको उनले जानकारी दिए ।

कोरियाले नेपालमा तीनवटा जलविद्युत आयोजना, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, सडक, अस्पताल, इनोभेसन हब सेन्टर, व्यावसायिक तालिम केन्द्र लगायतका पूर्वाधार निर्माण गरिरहेको छ ।

हामी नेपालमा थप प्रसारण लाइन निर्माणका साथै नेपाल प्रहरीका लागि अति आवश्यक साइबर अपराध ब्यूरो निर्माण कार्य पनि गरिरहेको छ । कोरिया पाँच वटा प्रदेशमा दक्ष जनशक्ति निर्माणका खातिर व्यावसायिक तालिम केन्द्रहरु निर्माणमा केन्द्रित रहेको पनि उनले जानकारी दिए ।

सन् २००७ बाट एक लाख भन्दा बढी नेपाली आप्रवासी कामदारहरूले ईपिएस प्रणाली मार्फत कोरियालीहरूसँग समान हैसियतमा कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन्। स्वदेश फर्किएकाहरूले आफ्नो भविष्य बनाउनुका साथै कोरियाबाट व्यवसाय सम्बन्धी आवश्यक सीपहरू सिके,राजदूत थेयङले भने, हामी कोरियाबाट सीप सिकेर व्यवसाय गर्ने अठोट लिएर फर्किएका कामदारहरूका लागि हामी उनीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न चाहन्छौं र नेपालमा आफ्नै व्यवसाय सुरुगर्नका लागि आवश्यक सहयोग गर्न चाहन्छौं।

राजदूत पार्कले दक्षिण कोरियाले नेपाल सरकार, कोरिया रिटर्नी एसोसिएसन र कोइकासँग मिलेर काम गरिरहेको जानकारी दिदै भने, यसले नेपालमा स्टार्टअपका लागि मद्दत पुग्ने हाम्रो विश्वास छ ।

उनले हाल नेपालमा ३ हजारभन्दा बढी कोरियन स्वयंसेवकले नेपालका विभिन्न क्षेत्रमा आफ्नो अनुभव साटासाट गरिसकेको सुनाए ।

राजदूत पार्कले वार्षिक रुपमा ३० हजारको हाराहारी कोरियाली पर्यटकहरु नेपाल घुम्न आउने गरेको चर्चा गर्दै कोरियनहरुको नेपाल प्राथमिकतामा पर्ने सुनाए ।

उनले कोरियामा अध्ययन अनुभव भएका करिब २,५०० नेपाली छात्रवृत्ति प्राप्त व्यक्तिहरुले कोरिया र नेपाललाई जोड्न बलियो भूमिका खेलिरहेको बताए ।

कोरियाले विभिन्न क्षेत्रहरूमा गर्दै आएको सहयोगको दायरालाई फराकिलो गर्नका लागि नेपाल सँगै सदैव समन्वय गरिरहने छ,उनले भने, कोरियाले सन् २०२६ मा एलडीसीबाट उत्तीर्ण हुने तयारीमा रहेको नेपालको साझेदारको भूमिका लागि थप प्रगाढ गर्ने छु ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव समेत उपस्थित कार्यक्रममा राजदूत थेयङले द्विदेशीय मैत्री एवं सहयोग विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

दक्षिण कोरियाका राजदूत थेयङको वक्तव्य

आज गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महनुभावहरुलाई धन्यवाद टक्र्याउंछु।
आज यस विशेष कार्यक्रममा उपस्थित भएर गरिमा बढाई दिनु भएकोमा सम्माननीय प्रमुख अतिथि उपराष्ट्रपति यादवज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु।

आज यहांहरु संगै राष्ट्रिय दिवसको रुपमा मनाउंदै गर्दा वि.सि.२३३३ ईसा पूर्वमा कोरियाली प्रायद्वीपमा पहिलो राष्ट्र (राज्य)को रुपमा स्थापना भएको दिनलाई स्मरण गर्दै राष्ट्रिय दिवस मनाउंदै आएका छौं। म तपाईसँग यस सुखद क्षणलाई संगै मनाउन पाउँदा अत्यन्त खुसी छु।

आदरणीय उपस्थित अतिथिज्यूहरु,
यो वर्ष कोरिया र नेपालका लागि विशेष वर्ष रहेकोछ। हामी दुई देशबीच सन् १९७४मा कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ पुगेको महत्वपूर्ण वर्ष हो भन्ने लाग्छ। यो एक साँच्चै अद्भुत र रमाइलो यात्रा भएको छ। यस अर्धशतवार्षिक समारोहमा, आगामी ५० वर्षको लागि तयारी गर्दै, म भविष्यमा हाम्रो मित्रता र सहयोग विस्तार गर्ने प्रतिबद्धता गर्न चाहन्छु। म हाम्रो प्रतिबद्धतालाई चारवटा नाराद्वारा उल्लेख गर्न चाहन्छु।

पहिलो मेड इन नेपालस् कोरियाले नेपालमा उत्पादन गर्ने प्रतिबद्धता जनाएर सामान उत्पादनको थालनि गरेको छ। गत वर्ष अप्रिल महिनामा सामसङ इलेक्ट्रोनिक्सको एसेम्बल लाइन सञ्चालनमा ल्याए पश्चात, लक्ष्मी हुन्डाईले पनि गत मे महिनाबाट नेपालमा अटोमोबाइल उत्पादनको लागि आफ्नो कारखाना सञ्चालनमा ल्याएको छ। आज, तपाईंहरू सबैले नेपाल९कोरिया साझेदारीमा मेड इन नेपालका मूर्त र दृश्य तथा परिणामहरू देख्न सक्नु हुन्छ। त्यसैगरी कोरिया गत आर्थिक वर्ष नेपालमा तेस्रो ठूलो वैदेशिक लगानीकर्ता (पेडअफ क्यापिटल)को रुपमा आफ्नो उपस्थिती जनाएको छ। मेड इन नेपाल भनेको लगानी, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणका लागि हो भन्ने लाग्छ।हामी अझ धेरै विषयमा साझेदारी गर्ने योजनाका साथ अगाडी बढेका छौं। लक्ष्य हासिलका खातिर कोरियाली कम्पनीहरूलाई यहाँ व्यापार व्यवसाय विस्तार गर्नका लागि नेपालसंग द्विपक्षीय लगानी सन्धिका लागि प्रयासरत छौं र हामी राम्रो एफडीआई अनुकूल वातावरण निर्माण गर्नका लागि प्रयत्नरत छौं।

दोश्रो, नेपालमा निर्माण साझेदारीः कोरियाले नेपालमा तीनवटा जलविद्युत आयोजना, त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, सडक, अस्पताल, इनोभेसन हब सेन्टर, व्यावसायिक तालिम केन्द्र लगायतका पूर्वाधार निर्माण गरिरहेको छ। हामी नेपालमा थप प्रसारण लाइन निर्माणका साथै नेपाल प्रहरीका लागि अति आवश्यक साइबर अपराध ब्यूरो निर्माण कार्य गर्दै छौं। त्यसैगरी गणतन्त्र कोरिया सरकारले पाँच वटा प्रदेशमा दक्ष जनशक्ति निर्माणका खातिर व्यावसायिक तालिम केन्द्रहरु निर्माणमा केन्द्रित रहेका छौं।

तेस्रो, नेपालमा स्टार्टअपको शुरुवात सन् २००७ बाट एक लाख भन्दा बढी नेपाली आप्रवासी कामदारहरूले ईपिएस प्रणाली मार्फत कोरियालीहरूसँग समान हैसियतमा कोरियामा काम गर्ने अवसर प्राप्त गरेका छन्। स्वदेश फर्किएकाहरूले आफ्नो भविष्य बनाउनुका साथै कोरियाबाट व्यवसाय सम्बन्धी आवश्यक सीपहरू सिके। हामी कोरियाबाट सीप सिकेर व्यवसाय गर्ने अठोट लिएर फर्किएका कामदारहरूका लागि, हामी उनीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न चाहन्छौं र नेपालमा आफ्नै व्यवसाय सुरुगर्नका लागि आवश्यक सहयोग गर्न चाहन्छौं। त्यसका लागि हामीले नेपाल सरकार, कोरिया रिटर्नी एसोसिएसन र कोइकासँग मिलेर काम गरिरहेका छौं र यस्ले नेपालमा स्टार्टअपका लागि मद्दत पुग्छ भन्ने हाम्रो बुझाई रहेको छ।

अन्तमा, नेपालसँग प्रत्यक्ष जोडिएका छौंस् कोरियाले नेपालसँग जनस्तरको आदानप्रदान बढाएको छ। इपिएस प्रणालीको बारेमा सबेलाई जानकारीनै छ। हाल नेपालमा ३,००० भन्दा बढी कोरियन स्वयंसेवकले नेपालका विभिन्न क्षेत्रमा आफ्नो अनुभव साटासाट गरिसकेका छन्। वार्षिक ३०,००० हाराहारी कोरियाली पर्यटकहरु नेपाल घुम्न आउने र कोरियामा अध्ययन अनुभव भएका करिब २,५०० नेपाली छात्रवृत्ति प्राप्त व्यक्तिहरुले कोरिया र नेपाललाई जोड्नका बलियो भूमिका खेलिरहेका छन्। हाल कोरियामा करिब ७० हजार नेपाली बस्दै आएका छन्। म विश्वस्त छु कि हामी आगामी वर्षहरूमा जनस्तरको आपसी सम्बन्धले नयां उचाई चुम्ने छ।

मेड इन नेपाल, बिल्ड इन नेपाल, स्टार्टअप इन नेपाल, र नेपालसँग प्रत्यक्ष रुपमा जोडिएर समृद्ध नेपाल, सुखी नेपाली, भन्ने नारालाई साकार पार्न हातेमालो गर्ने छौं।