चैतन्यमा शुभकामना आदानप्रदान कार्यक्रम

बिहीबार असोज १७, २०८१/ Thursday 10-03-24
Paschim Today

धनगढी । चैतन्य पाठशालाले संचारकर्मीसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । धनगढी उपमहानगरपालिका ५ मा रहेको चैतन्यले दशैतिहारको शुभ अवसरमा संचारकर्मीसँग शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले सहि, सत्य र निश्पक्षरुपमा संचारकर्म गर्ने समाजको ऐनाकारुपमा रहेका संचारकर्मीले समाजलाई सहि दिशा निर्देश गरिरहेको बताए।

अध्यक्ष जोशीले पत्रकारितालाई थप सशक्त, मजबुत र जिम्मेवार हुनुपर्ने बताउदै सधैंभरी आफ्नो कार्यमा ब्यस्त हुँदा भेटघाट गर्ने अवसर नमिल्ने भएकाले महान चाड बिजया दशमीको पूर्व सन्ध्यामा पत्रकारहरुसँग शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा पाठशालका अध्यक्ष जोशीशहित पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरी, प्रधानाध्यापक कटकबहादुर सिंह, शिक्षकलगायतको उपस्थिति रहेको थियोे ।