पत्रकार बसन्त बस्नेतको उपन्यास 'सिमसारा' सार्वजनिक

बिहीबार असोज १७, २०८१/ Thursday 10-03-24
Paschim Today

पत्रकार तथा लेखक बसन्त बस्नेतको उपन्यास 'सिमसारा' सार्वजनिक भएको छ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा लेखक बस्नेतसँगै फिल्म निर्देशक मीन भाम, कवि अस्मिता गौतम, संगीतकर्मी उज्ज्वल सागरलगायतले उपन्यास लोकार्पण गरे।

कार्यक्रमका निर्देशक भामले लेखक बस्नेतको लेखनीको प्रशंसा गर्दै साहित्यकार पारिजातको स्मरण गरे।

उनले भने, 'वास्तममा म पहिल्यैदेखि पारिजातको प्रेममा थिएँ। उनका उपन्यास एवं कथाहरूको पात्रको प्रेममा थिएँ। अहिले आएर बसन्तजीको यो उपन्यास सिमसराका पात्रहरूको प्रेममा परेँ।' 

'सिमसारा' पढ्दा आफूलाई बाल्यकालमा पाएको भामले बताए।

कार्यक्रममा लेखक बस्नेतले उपन्यासका पात्रहरूलाई भेट्दै गहिराइमा पुगेर लेखेको बताए। यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उनको भनाइ छ। 

कार्यक्रमको सुरूआत गायक तथा संगीतकार उज्ज्वल सागरको  पियानो प्रस्तुतिबाट भएको थियो। सो क्रममा सागरले यो पुस्तक आफूलाई असाध्यै मन परेको बताए। 

कार्यक्रममा कवि अस्मिता गौतमले लेखक बस्नेतसँग अन्तरसंवाद गरेकी थिइन्।

उपन्यास सिमसारालाई फाइनप्रिन्टले प्रकाशन गरेको हो।

यसअघि 'महाभारा' लेखेका बस्नेतको 'सिमसारा' दोस्रो उपन्यास हो भने कृतिका रूपमा तेस्रो हो। उनको पहिलो पुस्तक '७२ को विस्मय' हो।