‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक

बिहीबार असोज १७, २०८१/ Thursday 10-03-24
Paschim Today

काठमाडौं । असोज २४ गते फूलपातिदेखि प्रदर्शनमा आउने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ ।

जितु नेपाल र नीति शाह अभिनीत फिल्मको ट्रेलर रिलिजको एक साताअघि सार्वजनिक भएको हो । ट्रेलर रमाइलो र हास्यप्रधान छ ।

 

बसन्त निरौला निर्देशित यो फिल्ममा जितु र नीतिका साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, निमा पाण्डे, कविता आले, शिवु पाण्डे लगायत कलाकारहरूको पनि अभिनय छ ।

 

 

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ हुन् । फिल्मको कार्यकारी निर्मातामा विजय बस्याल छन् । सबिन अधिकारीको कथा, शंकर धितालको लेखन रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरेका हुन् ।