आज विश्व शिक्षक दिवस

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

काठमाण्डौ – आज विश्व शिक्षक दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन शिक्षक दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

शिक्षकहरूको आवाजलाई मान्यता र प्रशंसा गर्दै र शिक्षाको लागि नयाँ सामाजिक अनुबन्ध तिर काम गर्दै अघि बढ्ने भन्ने नाराका साथ यस वर्षको विश्व शिक्षक दिवस मनाइँदै छ । विश्वभरिका एक सय भन्दा धेरै देशहरूले शिक्षकहरुले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै यो मनाउने गर्दछन ।

एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पारेको हुन्छ । आजको दिन गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवम्अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गर्ने गरिन्छ ।