आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाएको घटनामा नेपाली सुरक्षित : दूतावास

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

अमेरिकामा रहेको नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा मेक्सिकन सेनाले ट्रकमा गोली चलाएको घटनामा सबै नेपाली सुरक्षित रहेको जनाएको छ ।

गएको बुधवार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो । घटनामा ६ जना आप्रवासीले ज्यान गुमाएको खबर सार्वजनिक भएको थियो । त्यस घटनामा नेपाली पनि परेका हुन सक्ने अनुमान गरिएको थियो ।

आज विज्ञप्ती निकालेर अमेरिकामा रहेको नेपाली दूतावासले ट्रकमा ११ जना नेपाल नेपाली रहेको पुष्टी गर्दै उनीहरु सुरक्षित रहेको  र अहिले मेक्सिकोको प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।