एकैदिन दश लाख बढीको सामान बरामद, एक जना पक्राउ

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन दश लाख बढीको भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ पच्चिस घरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९० हजार मूल्य बराबरको ट्याक्टरको ब्यरिङ ७१ थानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेका भारत लखिमपुर निनासन बस्ने २५ वर्षीय ईरफान खान रहेका छन्। खानलाई उनले प्रयोग गरेको युपी ३१ ई ९२७३ भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

विज्ञापन

यस्तै धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा र चटकपुर, धनगढी उपमहानगरपालिका–१० घुयाँघाट, धनगढी उपमहानगरपालिका–१२ कम्पनि टोल, धनगढी उपमहानगरपालिका–१८ तुलसिबारी र भजनी नगरपालिका–७ हिम्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ९१  हजार २५० मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको प्याज, चिनी, सुटपिस, मोजा, कुर्ती, बच्चाको कपडा, कस्मेटिक सामान, ३ वटा बोका, मोटरसाइकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासी र भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ४७ हजार १०२ मूल्य बराबरको सामान बरामद गरिएको छ।

उक्त स्थानबाट प्याज, जुत्ता, चप्पल, प्लाष्टिक झिल्ली, पटाका, हाडबेयर, कस्मेटिक, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।