कैलालीबाट फेरी ९ जना जुवाडे पक्राउ

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

धनगढीः कैलालीबाट फेरी ९ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका २ बढरिया स्थित धनबहादुर थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउदसहित ९ जना जुवाडे शुक्रवार पक्राउ परेका हुन्। उनीहरुलाई नगद २१ हजार ७ सय ५ र ३ गड्डी ताससहित इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

बिहीवारपनि लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ९ जना जुवाडे पक्राउ परेका थिए।