धनगढी –१६, रामपुरस्थित महादेव तालमा अवस्थित गङ्गामाताको मन्दिर

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

धनगढी, असोज १९ गते । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १६ रामपुर गाउँ किनारमा प्रख्यात बेहडाबाबा मन्दिर छ । मन्दिर नजिकै उत्तर–पूर्वमा महादेव ताल छ । सो तालको किनारमा निर्माण गरिएको छ गङ्गामाताको मन्दिर । गुम्बज शैलीको यो मन्दिर निकै नै आकर्षक रहेको छ । यो मन्दिर कैलालीको प्राचीन बेहडाबाबा मन्दिरको नजिकमा छ। 

प्राकृतिक सम्पदाले भरिपूर्ण यो गङ्गामाताको मन्दिरको परिसर निकै नै रमणीय रहेको छ। मन्दिरको गर्भगृहमा आकर्षण गङ्गामाताको मूर्ति राखिएको छ । हिन्दु धर्मावलम्बीहरूको विभिन्न चाड पर्वमा यस मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। मन्दिरको ढोका भक्तजनको लागि भने सधैँ खुल्ला रहने गर्दछ। ताल र जङ्गलको किनारमा यो मन्दिर रहेकोले निकै आकर्षक देखिन्छ।

हरेक वर्ष जेठमा गङ्गा दशहरादेखि पाँच दिन यहाँ मेला लाग्छ । नेपाल र भारतका गरी करिब लाखौं भक्तजनले श्रद्धापूर्वक बेहडाबा ९शिव० र गङ्गामाताको दर्शन गर्ने गर्छन् । यहाँ दर्शन गरी भाकल गर्ने भक्तजनको मनोकामना पूरा हुने विश्वास रहेकाले दर्शनार्थीको घुँइचो लाग्नेगरेको स्थानीयको भनाइ छ ।