कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

धनगढीः कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सो मुल्य बराबरको अबैध सामानसहित एक जनालाई नियन्त्रणमा लिएको हो। शनिबार १२ लाख ८ हजार १५० मल्ुय बराबरको अबैध मालसामान फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ५ लाख ४० हजार ४ सय मुल्यको ४ सय ४० थान लेडिस सुट, १० हजार मुल्यको चार थान साइकल थान बरामद गरिएको छ। यता धनगढी उपमहानगरपामलका–१८ तुलसीबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प.९५९४ नम्बरको मोटरसाइकल र ३ लाख ७६ हजार ५ सय मुल्यको एक सय ७३ थान लेडिज तथा जेन्स सुट र एक थान मोटरसाइकल बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहाबाट २७ हजार ६५० मुल्यको कस्मेमटक सामान, धनगढी–१० घुयाँघाटबाट ३६ हजार मुल्यको ३ वटा बोका बेवारिसे अवस्थामा बरामद गरिएको छ। धनगढी–३ चटकपुरबाट २७ हजार ६ सय मुल्यको सुट तथा मोजा बरामद गरिएको छ।

धनगढी–१९ पच्चीस घरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको लखिमपुरका २५ वर्षीय इरफान खानले चलाएको युपी ३१ इ ९२७३ नम्बरको मोटरसाइकलसहित ७१ थान ट्याक्टरको व्यारिङ गरी एक लाख ९० हजार मुल्यको सामान बरामद गरिएको छ। बरामद गरिएका सामान भन्सार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।