निःशुल्क स्वास्थ्य शिविरमा लिए सयौँले सेवा

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

कैलाली । नेपाल औषधि व्यवसायी सङ्घ र धनगढी स्थित कैलाली अस्पतालले संयुक्त रुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सयौँ सेवाग्राहीले सेवा लिएका छन् ।

भजनी नगरपालिका ५ कुटि स्थित कर्मेश्वर मावि प्राङ्गणमा शनिबार भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा सहितका डाक्टरहरूले बिरामीको चेकजाँच र औषधि निःशुल्क रुपमा बितरण गरिएको स्वास्थ्य शिविरका संयोजन एवम् औषधि व्यवसायी सङ्घ कैलालीका उपाध्यक्ष डम्बर ऐरीले बताए । उनले शिविरमा ३ सय ५० भन्दा बढीले सेवा लिएको बताए ।

कैलाली अस्पतालमा कार्यरत डाक्टरहरूले बिरामी चेकजाँच गरेको बताउँदै अस्पतालका अध्यक्ष एवम् सुदूरपश्चिम औषधि व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष जनकराज जोशीले बिरामीलाई घरदैलोमै उपचार सेवा दिन पाएकोमा खुसी लागेको बताए । 

पैसाको अभावमा सामान्य देखि जटिल खालका बिरामी शरीर मै बोकेर बस्ने बिरामीका लागि निःशुल्क रुपमा चेकजाँच औषधि घर दैलोमै पाउँदा बिरामीहरू समेत दङ्ग देखिए । 

भजनी ५ भुरुवाका रश्मि राजीले जँचाउन जानका लागि पैसा र समय नभएका कारण धेरै दिन देखी रोग दबाएर राख्नु परेको बताए । उनले स्वास्थ्य शिविर गाउँमा आउन लागेको थाहा पाएर आफू जँचाउन आएको बताइन । 

त्यस्तै भजनी चर्चाकै लवस्ती भुर्जीले पैसा नभएका कारण उपचार गराउन बाहिर जान नसकेको बताइन । उनले पनि राजीले जस्तै आफ्नै घर आँगनमा शिविर लाग्ने खबरले आफू निकै खुसी भएको बताएन । 

शिविरमा सहभागी स्वास्थ्यकर्मीहरूलाई औषधि व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रेम बिसीले धन्यवाद सहित आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै संविधान सभा सदस्यद्वर हरि ज्ञवाली ९अखण्ड०, बिरमान चौधरी, नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य गया प्रसाद कुश्मी लगायतले खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।