कञ्चनपुरमा भ्यान दुर्घटना

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

कञ्चनपुरमा शनिबार एउटा भ्यान दुर्घटना भएको छ । शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान (विंगर) दुर्घटना भएको हो ।

भ्यान कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो । तीव्र गतिको भ्यानलाई चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जनाइएको छ । भ्यानमा १० जना सवार थिए । तीमध्ये चार यात्रु सामान्य घाइते भएका छन् ।