प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडैलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।