काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित

मंगलबार असोज २२, २०८१/ Tuesday 10-08-24
Paschim Today

काठमाडौँ, २२ असोजः काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित हासिल गरेको छ। 

श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। नेपालले पहिलो सेट २५–५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो।

जितसँगै नेपालले जार प्रतियोगितामा दुई खेलबाट ६ अंक जोडेको छ। नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई ३–० को सेटमा पाजित गरेको थियो भने उज्वेकिस्तानसँग भने ३–१ को सेटमा पराजित भएको थियो।