२.४७ अंकले बढ्यो नेप्से

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24
Paschim Today

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बजार बन्द हुँदा नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा आइपुगेको छ ।

आज सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

 

कुमारी बैंकको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो बैंकको ३३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ६ वटाको परिसूचक घटेको छ भने ६ वटाको बढेको छ ।