रविलाई आजै पक्राउको चर्चा, कास्की अदालतमा छैनन् न्यायाधीश

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आजै पक्राउ गर्ने चर्चा चलेपनि जिल्ला अदालत कास्की भने न्यायाधीशविहीन छ।

कास्की प्रहरीले अदालतबाट अनुमति लिएर पक्राउ गर्ने तयारी थालेको भएपनि न्यायाधीशविहीन हुँदा समस्या भएको हो।

दसैँ बिदामा गएका कास्की अदालतका ७ जना न्यायाधीश कार्यालय आएका छैनन्। ६ जना न्यायाधीश बसिदामा बसेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए।

उनका अनुसार न्यायाधीश नवराज दाहाल, हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, चन्द्रकान्त पौडेल र नीतिज राई बिदामा छन्।

कृष्णजंग शाह कार्यालय आउने भएपनि अहिलेसम्म आइपुगेका छैनन्। नेपालगञ्जबाट उडानमार्फत आउन लागेका उनी फ्लाइट ढिले हुँदा नआएको अधिकारीले बताए। ‘बिहानकै फ्लाइट हो अहिलेसम्म उडान भएको छैन,’ अधिकारीले भने।