उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा
शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today
काठमाडौं- उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली शनिबार काठमाडौँ आइपुगेको हो ।
चिनियाँ टोलीलाई एमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । आइतबार काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ ।
उक्त कार्यक्रममा बीआरआईको कार्यान्वयन र बीआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ ।
चिनियाँ टोलीले बिभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।
तपाईको प्रतिक्रिया