इशा अम्बानीले पाइन् आइकन अफ द इयर अवार्ड

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24
Paschim Today

मुम्बई : विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीकी छोरी इशा अम्बानी व्यवसायसँगै स्टाइलमा पनि खुब ध्यान दिइन्छिन्। 

उनी हरेक हाई प्रोफाइल पार्टीमा निकै तयार भएर जान्छिन्। हालै मुम्बईमा आयोजित हार्पर बजार वुमन अफ द इयर अवार्ड्स २०२४ मा उनलाई प्रतिष्ठित आइकन अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ। 

यस कार्यक्रममा फिल्म, टेलिभिजन, कला, संस्कृति र साहित्यको दुनियामा प्रेरणादायी महिलालाई सम्मानित गरिएको थियो। जसमा इशासँगै शाहरूख खानकी श्रीमती गौरी, अन्नया पाण्डे र कृति सेननलगायत सहभागी थिए। 

कृति अभिनयसँग व्यवसायमा सहभागी भएकी छन्। उनले आफ्नो प्रोडक्सन हाउस ब्लू बटफ्लाई खोलेकी छन्। जसबाट उनले फिल्म 'दो पत्ती' निर्माण गरेकी छन्।