दीपकलाई सन्तोषको प्रश्न: तपाईंले २० करोड कमाउँदा सिने उद्योगलाई के भयो ?

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले निर्माता तथा कलाकार दीपकराज गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगलाई के भयो  भन्दै प्रश्न गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा एक लामो भिडियो राख्दै उनले सो प्रश्न गरेका हुन्।

उनले भने,'एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड बनाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन। घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ।'

उनले आफूलाई  ‘साइबर सेना’को कमान्डर प्रमाणित गर्न पनि उनले चुनौती दिएका छन्।

उनले आफूलाई ‘साइबर सेना’ को कमान्डर भनिएको कुराको जरासम्म पुगेर पत्ता लगाउने पनि बताएका छन्। दर्शकहरुलाई साइबर सेना भनेर अपमान गरेको पनि उनले बताए।

सेनले आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’मा रहेकाले केही बढी पोस्ट भने गरेको बताए।

उनले मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई उनले काठमाडौं महानगरपालिकामा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।