अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न संयुक्त राष्ट्रका महासचिव गुटेरेसको आह्वान

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

काठमाडौँ- संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाको लागि आग्रह गरेका छन्।

अफ्रिका महादेशको विकास चुनौतीहरू सम्बोधन गर्न अफ्रिकालाई बलियो आर्थिक सहयोग विस्तार गर्ने आवश्यकतालाई उनले जोड दिए।

इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयू मुख्यालयमा भएको सम्मेलनको नतिजाबारे अफ्रिकी युनियन (आयोग)का अध्यक्ष मौसा फकी महामतसँगको संयुक्त ब्रिफिङमा गुटेर्रेसले अफ्रिकाले इतिहासमा गहिरो जरा गाडेका चुनौतीहरूको सामना गरिरहेको बताए ।

महासचिव गुटेरेसले वर्तमान वैश्विक संस्थाहरू एक समयमा निर्माण गरिएको थियो जब अफ्रिकाको अधिकांश औपनिवेशिक शासनमा रहेको बताए ।