कैलालीमा ४७ ग्राम लागुऔषधसहित चार जना पक्राउ

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

धनगढीः कैलालीमा ४७ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका छन। कैलालीका विभिन्न स्थानबाट ४७ ग्राम ७० मिलिग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन।

कैलालीको टीकापुर नगरपालिका–२ विजयनगरका २३ वर्षीय मखन चौधरी ५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन। उनको घरबाट थप ४३ ग्राम लागुऔषध टीकापुर प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय, मालाखेतीको टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाबाट २१ वर्षीय निरजन शाहलाई एक ग्राम २३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको छ। कैलालीको चुरे गाउँपालिका–३ का शाहलाई मालाखेती प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको हो। उता, डोटीको जोरायल गाउँपालिका–२ का २४ वर्षीय दीपक विष्ट र गोविन्द विष्टलाई २ ग्राम ७९० मिलिग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

बैतडी जान लागेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४३४ नम्बरको जिपमा सवार उनीहरुलाई अस्थायी प्रहरी पोष्ट खानेडाडाको टोलीले पक्राउ गरेको हो। कैलाली प्रहरीले एक दिन ४७ ग्राम ७० मिलिग्राम लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।