कप्तानीमा फर्किइन् एन्जिला, सावित्रा पहिलो रोजाइमा

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक राजेन्द्र तामाङले सोमबार टोलीमा जोडिएकी फरवार्ड सावित्रा भण्डारीलाई समावेश गर्दै सुरुआती ११ सार्वजनिक गरेका छन् ।

 

त्यस्तै, माल्दिभ्सविरुद्ध बेन्चमा बसेकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा, अमिषा कार्की र अमृता जैसी सुरुआती ११ मा परेका छन् ।

पहिलो खेलमा नेपालले भुटानविरुद्ध बराबरी खेलेको थियो । दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ११–० को फराकिलो जित हासिल गरेको थियो ।

नेपालको सुरुआती ११

एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान) , विमला बिक, रेनुका नगरकोटे, सरु लिम्बु, अमिषा कार्की, गीता राना, रेखा पौडेल, प्रीति राई, अमृता जैसी, सवीता रानामगर, सावित्रा भण्डारी ।