हिमश्वेता बाइस वर्षमै अधिकृत

सोमबार कार्तिक १२, २०८१/ Monday 10-28-24
Paschim Today

बैतडी, कात्तिक १२ गते  ।  बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल हुनुभएको छ । बागमती प्रदेश लोक सेवा आयोगले लिएको कृषि अधिकृत सातौँ तहको परीक्षामा उनिपहिलो पटक सहभागी भएकी थिइन । 

दशरथ चन्द नगरपालिका–५, नौहाट घरभएकी हिमश्वेता कृषि तथा वन विज्ञान क्याम्पस रामपुरबाट कृषि विषयमा स्नातक तह छन। त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन गरिरहेकै बेला बागमती प्रदेश लोक सेवा आयोगले दरखास्त आह्वान गरेपछि अनुभवका लागि आवेदन दिएको हिमश्वेताले बताइन ।  

उनले भनिन, “उच्च शिक्षा अध्ययनसँगै लोक सेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिएँ । पहिलो प्रयासमै लोक सेवा पास भइयो । आयोग पास गरेर देशको सेवा गर्ने मौका पाउँदा खुसी लागेको छ ।” 

आयोग पास भएपछि उनि मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन । सरकारले खटाएको कार्यक्षेत्रमा हाजिर हुन उनि शनिबार सुदूरपश्चिमबाट मकवानपुर पुगेकी छन ।  

विसं २०५८ फागुन १६ गते बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गीता भट्टको कोखबाट उनको जन्म भएको थियो । हिमश्वेता पढाइमा निकै मेहनती रहेको शिक्षण पेसामा रहेकाका बुवा थिरेन्द्रचन्द्र भट्टले बताए। वैजनाथ मावि कञ्चनपुरमा विज्ञान विषय पढाउँदै आउनुभएका एक छोरी र एक छोराका पिता थिरेन्द्रचन्द्रले छोरीको सफलतामा परिवार खुसी भएको बताए।