गृहमन्त्रीलाई सत्तापक्षकै सांसदको प्रश्न- यति, ओम्नी, गिरीबन्धु, क्यान्टोनमेन्ट छानबिन कहाँ पुग्यो ?

सोमबार कार्तिक १२, २०८१/ Monday 10-28-24
Paschim Today

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई सत्तापक्षकै सांसदले प्रश्नैप्रश्न गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले विभिन्न प्रकरणहरूको नाम लिँदै त्यसका अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका हुन् ।

 

थानीले यति, ओम्नी, गिरीबन्धु, क्यान्टोनमेन्टलगायतका प्रकरणहरूको नाम लिँदै त्यसका अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरे ।

 

 

“भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ? के भइरहेको छ ?,” थानीले सोधे ।

बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए । प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित हुने भनिए पनि पछि गृहमन्त्री लेखक मात्रै सहभागी भए । उनलाई सांसदहरूले प्रश्न गरेका हुन् ।

कांग्रेस सांसद सरिता प्रसाईंले पनि सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताएकी छन् । यसमा सरकारले अपेक्षाकृत काम नगरेको भनाइ प्रसाईंको थियो ।