निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालले पाए सफाइ, पौडेल र श्रेष्ठ दोषी ठहर
काठमाडौं । भ्रष्टाचार अभियोगमा निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार गरेको फैसलाले अर्याललाई सफाइ दिएको हो ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार अर्यालले सफाइ पाउने फैसला गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार प्रतिवादी बनाइएका मुख्यसचिव सहित सहसचिव रितेशकुमार शाक्य, टंकप्रसाद पाण्डेय, गणेशविक्रम शाही, रविन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मा र प्रिन्ट सेल प्राइभेट लिमिटेडले सफाई पाएका छन् ।
तर विकल पौडेल र सफल श्रेष्ठ भने दोषी ठहर भएका छन् । उनीहरुलाई सजाय निर्धारणका लागि आगामी मंसिर २५ गतेका पेशी तोकिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया