रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार कार्तिक २५, २०८१/ Sunday 11-10-24
Paschim Today
काठमाडौं । सहकारी ठगी र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
तपाईको प्रतिक्रिया