महानगर प्रहरीको सुरक्षा घेरा लगाएर गौशालामा चल्यो बालेनको डोजर 

शुक्रबार कार्तिक ३०, २०८१/ Friday 11-15-24
Paschim Today

काठमाडौं– गौशालास्थित पशुपति धर्मशालाबाहेक सडक अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाले शुक्रबार डोजर चलाएको छ।  

चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो। महानगर प्रमुख बालेन शाहको आगमनसँगै अतिक्रमण गर्ने संरचना भत्काउने निरन्तरता चलिरहेको छ।