नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर

बिहीबार मङ्सिर ६, २०८१/ Thursday 11-21-24
Paschim Today

काठमाडौँ । नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसरबारे स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (बीसीयु)ले संयुक्त रुपमा जानकारी दिएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ​​​​​​ नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिइएको हो ।

स्नातक, स्नातकोत्तर र मास्टर्स अफ रिसर्चजस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे चर्चा कार्यक्रममा चर्चा गरिएको थियो । जसमा विद्यार्थीहरूले आफ्ना डिपेन्डेन्ट पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ ।

बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रीष्टी बिर्लाले युनिभर्सिटीले विश्वस्तरिय शिक्षा, नविनतापूर्ण सिकाइ वातावरण, र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने उल्लेख गरिन् । उनले भनिन्, “बीसीयु अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट गन्तव्य हो, जसले भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छ।”

स्पाई ओभरसिजले विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ ।

स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवांसु उप्रेतीले भने, “हाम्रो सहकार्यले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्त्वपूर्ण योगदान पुर्याउँछ ।”

कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई प्रवेश प्रक्रिया, छात्रवृत्ति, र शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।