दार्चुलाको छाङरुमा खानेपानी पुग्ने
बैतडी, मङ्सिर ६ गते । सौका समुदायको बसोबास रहेको दार्चुलाको छाङरुमा खानेपानी पुर्याउन प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको हो ।
दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा खानेपानी पुर्य ाउन सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिजियर गोविन्द देवकोटाले बताए। प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब ११० घरधुरीमा खानेपानी पुर्य ाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको देवकोटाले बताए । छाङरुमा बिजुली बत्ती र बाटो नपुगेकाले योजनाको लागत बढ्न सक्ने बताइएको छ ।
“खानेपानीको स्थलगत अध्ययन गर्न बैतडीबाट दार्चुला सदरमुकाम हुँदै भारतको बाटो भएर छाङरू पुग्यौँ,” डिभिजन कार्यालय प्रमुख देवकोटाले भने, “आइतबार बैतडीबाट दार्चुला पुग्यौँ । सोमबार दार्चुलाबाट भारतको धार्चुला हुँदै महाकाली नदीको सीता पुल तरेर छाङरु पुग्यौँ ।”
अध्ययन टोली छाङरु पुग्दा अधिकांश परिवार जाडो छल्न दार्चुला खलङ्गा झर्ने तयारी गरिरहेको देवकोटाले बताए । स्थानीय प्रकाश बोहराले छाङरुमा खानेपानीको योजना लागू हुने भएपछि खुसी लागेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधि कार्यालयमा रूपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बैतडी र दार्चुलामा खानेपानीको योजना निर्माण गर्दै आइरहेको छ ।
कार्यालयमार्फत चालु आ।ब।२०८१(०८२ मा मर्मतसहित २९० योजना कार्यान्वयनमा छन् । दार्चुलामा मात्रै गत वर्षसम्म ३० वटा योजना सम्पन्न भएका छन् भने चालु आर्थिक वर्षमा ७९ योजना सञ्चालनमा छन् । यो वर्ष छाङरुमा खानेपानी पुर्य ाउन विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने बजेट रहेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया