अब त्रिवि विद्यार्थीले क्याम्पसमै डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने
मंगलबार मङ्सिर १८, २०८१/ Tuesday 12-03-24
Paschim Today
काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले आफ्नो क्याम्पसमै डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने भएका छन् । एक सूचना जारी गर्दै विश्वविद्यालयले सम्बन्धित क्याम्पसमा नै डिजिटल हस्ताक्षर सहितको मार्कशिट उपलब्ध गराउने जानकारी दिएको हो ।
सूचना अनुसार अब क्याम्पसहरूले स्नातक तह चौथो वर्षको वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको प्रकाशित नतिजाको मार्कशिट अब डिजिटल हस्ताक्षर सहित उपलब्ध गराउनुपर्नेछ ।
क्याम्पसहरूले त्रिविबाट उपलब्ध गराइएको पोर्टलमा "रिजल्ट मेनु" चयन गरी "मार्कशिट" विकल्पमा गएर विद्यार्थीहरूको मार्कशिट प्रिन्ट गर्न सक्नेछन् । सम्बन्धित क्याम्पसहरूले १९ मंसिरदेखि यो प्रक्रिया लागू गर्नु पर्नेछ ।
तपाईको प्रतिक्रिया