नौ दिनको अवधिमा अत्तरियाबाट झण्डै ६ लाख मुल्यका अबैध सामान बरामद
धनगढीः कैलालीको अत्तरिया क्षेत्रबाट ९ दिनको अवधिमा प्रहरीले झण्डै ६ लाख मुल्यका अबैध सामान बरामद गरेको छ।
हिजो (सोमबार) मात्र प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त रुपमा अटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाबाट लेडिज कुर्ति, सल, र उनी कुर्ता सुरुवाल बरामद गरेको छ। करिब एक एक लाख ४ हजार ७ सय मुल्यको सामान बरामद गरिएको प्रहरीले बताएको छ।
सो क्षेत्रबाट प्रहरीले अबैध माछा समेत बरामद गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया–धनगढी ६ लेन सडक किनारबाट सडेगलेका ५० किलो सिद्रा माछा बरामद गरेर नष्ट गरेको छ।
यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ गोदावरी वनदेवी मन्दिर नजिकबाट लिपिस्टिक, मिक्स रातो चुरा लगायत गरेर करिब एक लाख ४ हजार ४२२ मुल्य पर्ने सामान बरामद गरेको छ। साथै कस्मेटिक सामान र लेडिज टोपी, लेडिज कुर्ता लगायत गरेर थप २ लाख ३३ हजार ७५० र फेन्सी सामानहरू समेत गरेर ३ लाख ३८ हजार १७२ मुल्यको अबैध सामान बरामद गरेर भन्सार कार्यालय चलान गरिएको छ।
तपाईको प्रतिक्रिया