कञ्चनपुरबाट दुई लाख मुल्य बराबरको अवैध सामान बरामद
बिहीबार मङ्सिर १३, २०८१/ Thursday 11-28-24
Paschim Today
कञ्चनपुरः कञ्चनपुरबाट दुई लाख मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
वडा प्रहरी कार्यालय केन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अन्दाजी ४२ हजार २ सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले १ लाख ५१ हजार मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ।
यस्तै प्रहरी चौकी झिलमिलाले ५ हजार १८० गरेर जम्मा अन्दाजी १ लाख ९८ हजार ३८० मुल्य बराबरको अवैध सामान बरामद गरेको छ। बरामद गरेको बिजुलीका सामान, गुड, हाडवेयरका सामान, चिनी, मिश्री र किरानका सामान कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ।
तपाईको प्रतिक्रिया