डाेटीकाे पूर्वीचाैकी गाउँपालिका- ६ मा नेपाली कांग्रेसका माेहन थापा विजयी
आइतबार मङ्सिर १६, २०८१/ Sunday 12-01-24
Paschim Today
डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीकाे वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका छन् ।
थापा जम्मा खसेकाे ८३९ मत मध्ये ४६८ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार देव थापाले ३०१ मत ल्याएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्का कुँवरले ३१ मत ल्याएकी छन् ।
जम्मा खसेकाे मतमा १३ मत बदर भएका छन् । २०७९ काे स्थानीय तहकाे निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवार पुष्पराज जाेशीले जीत हात पारेका थिए । जाेशीकाे निधन पश्चात् यहाँ उपनिर्वाचन भएकाे हाे ।
तपाईको प्रतिक्रिया