भीमदत्त ६ मा काकालाई हराउँदै भतिजाले मारे बाजी

सोमबार मङ्सिर १७, २०८१/ Monday 12-02-24
Paschim Today

 कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्द निर्वाचित भएका छन । काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्दले एमाले उम्मेदरबार बहादुर चन्दलाई ६२०मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन । काँग्रेसका उम्मेदवार चन्दले १हजार १०७ र एमाले उम्मेदवार बहादुर चन्दले ४सय ८७ मत ल्याएका थिए । 

तेस्रो पटक चुनाव लडेका राप्रपा उम्मेदवार शुशिल कुमार भट्टले ३सय ६९, पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार रामदत्त भट्टले २सय १८, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २सय २५, नेकपा माअ‍ोवादी उम्मेदवार नानाराम ओलीले १सय २२, राप्रपा नेपालका उम्मेदार दिल बहादुर धामीले २४, नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरिष डगौराले १२६, नेमकीपा उम्मेदवार दल बहादुर बोहराले १२, जनमत पाटीका उम्मेदवार यादव चन्दले ५, स्वतन्त्र उम्मेदवार थानेश्वर प्रशाद लेकखकले १४२ र अर्का स्वतन्त्र उम्मेदबार युवराज चन्दले ९९मत ल्याएका थिए । कुल ५ हजार ४२३ मतदाता रहेको उक्त वडामा २हजार ९९१मत खसेको र ५४ मत बदर २ हजार ९३७मत सदर भएका थिए ।