पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै आउट भए आसिफ

सोमबार मङ्सिर १७, २०८१/ Monday 12-02-24
Paschim Today

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुरले सानदार ब्याटिङ गरेको छ।

जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुरका ओपनरहरु अनिल साह र आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे।

अन्ततः आसिफ शेखलाई ३६ रनमा मौसम ढकालले आउट गर्दै कर्णालीलाई ‘ब्रेक थ्रू’ दिलाए। जनकपुरले ९.४ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा अनिल साह ४४ रन बनाएर अविजित रहँदा उनलाई साथ दिन लाहिरु मिलन्था क्रिजमा आएका छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो।