लुम्बिनीको १० ओभर सकिँदा दुई बिकेट गुमाएर ९७ रन बनायो
काठ्माण्डौँ- नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो खेल खेरिरहेको लुम्बिनी लायन्सले राम्रो सुरुआत गरेको छ । १० ओभर सकिँदा लुम्बिनीले २ विकेट गुमाएर ९७ रन बनाएको छ । क्रिजमा कप्तान रोहित पौडेल र विकेटकिपर ब्याटर अर्जुन साउद रहेका छन् ।
विराटनगरसँग टस हारेपछि पहिला ब्याटिङमा आएका लुम्बिनीले आक्रामक सुरुआत गर्ने लक्ष्य लिएको थियो । पहिलो बलमै प्रतिश जिसीलाई छक्का प्रहार गर्दै लुम्बिनीका आशुतोष घिरघिरैयाले आक्रामक रवैया देखाएका थिए । उनी १३ बलमा १५ रन बनाएर आउट हुँदा २ चौका र १ छक्का प्रहार गरे । उनलाई क्रिटनले रनआउट गरेका थिए । ७.२ ओभरमा ६४ रन भएका बेला अर्जुन साउद क्लिन बोल्ड आउट भए । उनलाई इस्मत आलमले आउट गरेका हुन् । अजुर्ननले १९ बलमा १७ रनको पारि खेलेर विदा भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र टम मुर्स रहेका छन् । यी दुईले लुम्बिनीको पारि अघि बढाउने जिम्मेवारी लिएका छन् ।
पौडेल ३५ र मुर्स ८ रनमा नटआउट रहेका छन् । विराटनगरका इस्मत आलमले १ विकेट लिएका छन् । प्रतिश जिसी, क्रिस सोल, अनिल खरेल र सन्दीप लामिछाने विकेट विहीन भएका छन् ।
आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सनविरुद्ध ३ विकेटको जीत दर्ता गरेको छ । काठमाडौंको पहिलो जीत हो भने कर्णालीको लगातार दोस्रो हार हो ।
तपाईको प्रतिक्रिया