क्रिकेट जगतका लिजेन्ड ब्रायन लारा नेपालमा
काठमाडौं । विश्व क्रिकेटका लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रायन लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।
जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् । नेपाल आउँदा खुसी लागेको लाराले बताए । ब्रायन लाराकप नाममा अनगिन्ती रेकर्ड रहेका छन् ।
जसमा टेष्ट क्रिकेटमा एक इनिङसमा इङल्यान्डविरूद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए ।
उनले वेस्ट इन्डिजबाट १३१ टेष्ट खेल्दै ११ हजार ९५३ रन बनाएका छन् । ओडीआईमा भने २९९ खेए खेल्दै १० हजार ४०६ रन जोडेका छन् । टेष्टमा ३४ र ओडीआईमा १९ शतक उनको नाममा रहेको छ । नेपाल क्रिकेट संघ क्यानकाअनुसार उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया