लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमै पहिलो पटक मिडियम भोल्टेज हेभी कभर्ड कन्डक्टर उत्पादन सुरु
काठमाडौं : नेपालको केबल, तार, र कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज हेभी कभर्ड कन्डक्टर उत्पादन गरेर ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। वार्षिक २०,००० किलोमिटर उत्पादन क्षमतायुक्त यस प्रविधिले ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्दै उच्च कार्यक्षमताका पावर ट्रान्समिसन संरचनाहरूको माग पूरा गर्ने लक्ष्य राखेको छ।
यो नयाँ उत्पादनले देशको आयात निर्भरता घटाउने मात्र होइन, ऊर्जा पूर्वाधारमा दीर्घकालीन प्रभावकारीता पनि सुनिश्चित गर्नेछ। उच्च गुणस्तर र टिकाउपनाका मापदण्ड पूरा गर्न भ्ल छण्घढठ र क्ष्क् घढड – ख्क्ष्अन्तर्गत प्रमाणित यी कन्डक्टरहरू एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा तयार गरिएका हुन्। निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, क्रस–लिङ्किङका लागि डीप–वाटर क्युरिङ, र सुरक्षा सुनिश्चित गर्न स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षण जस्ता उपायहरू समावेश छन्।
११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टर विशेष गरी जंगल क्षेत्रहरूमा आगलागीको जोखिम घटाउन र विविध भूभागहरूमा भरपर्दा संरचना निर्माण गर्न डिजाइन गरिएका छन्। वातावरणीय अनुकूलताको उद्देश्यले निर्माण गरिएका यी टिकाउ कन्डक्टरले मर्मत खर्च घटाउनुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछन्।
लिट्मस इन्डस्ट्रीजको यस पहलकदमीले न केवल नेपालभित्रको ऊर्जा पूर्वाधारलाई बलियो बनाउनेछ, तर घरेलु पूर्वाधार तथा सीमा–पार बिजुली निर्यातलाई पनि प्रवर्द्धन गर्नेछ। यो उपलब्धि गुणस्तर, दिगोपन, र प्रविधि विकासप्रतिको कम्पनीको अटल प्रतिबद्धताको प्रतिबिम्ब हो।
लिट्मस इन्डस्ट्रीजले पहिले नै घरायसी तार, औद्योगिक केबल, र हलोजन–रहित इकोवायर जस्ता उत्पादनमार्फत बजारमा आफ्नो स्थान सुदृढ बनाइसकेको छ। अब मिडियम भोल्टेज हेभी कभर्ड कन्डक्टर उत्पादनमा अग्रणी भूमिकासहित कम्पनीले नेपालको ऊर्जा आत्मनिर्भरता र पूर्वाधार विकासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
तपाईको प्रतिक्रिया