वर्षाले खेल रोकिएपछि नेपाल र भारतले अंक बाँडे
मंगलबार पौष २, २०८१/ Tuesday 12-17-24
Paschim Today
काठ्माण्डौँ - एसीसी यू-१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतले अंक बाँडेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेल वर्षाले प्रभावित भएपछि दुवै टीमले एक-एक अंक बाँडेका हुन् ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले विना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो ।
नेपालको पारीमा कप्तान पूजा महतोले २५ र एलिसा कुमारी यादवले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यससँगै नेपाल एक जीत र एक बराबरीसहित सुपर फोरमा पुगेको छ । सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया