सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान फाइनान्स कम्पनीमा
बुधबार पौष ३, २०८१/ Wednesday 12-18-24
Paschim Today
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.६० अंकले घट्दा परिसूचक २६२८.२६ बिन्दु कायम भएको छ ।
३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको घटेको छ । यो दिन वित्त कम्पनी, माइक्रोफाइनान्स ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा उपकार लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा कुथली बुखरी स्मल हाइड्रोपावर, दोल्ती पावर कम्पनी, छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
तपाईको प्रतिक्रिया