त्रिनगर मा.वि मा रक्तदान कार्यक्रम आयोजना
शुक्रबार पौष ५, २०८१/ Friday 12-20-24
Paschim Today
धनगढी । धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम गरिएको छ । कक्षा १२ को आम सञ्चार समूहका विद्यार्थीहरूले कार्यक्रम गरेका हुन । ‘बचाउ कसैको ज्यान, आउनुहोस् गरी रक्तदान’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विद्यालयका २१ जना विद्यार्थीले रक्तदान पहिलो पटक गरेका थिए । यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल पन्त, प्रधानाध्यापक भुपाल सिंह खड्का, रेडक्रस सोसाइटी धनगढीका ब्लड बैङ्क प्रमुख धरणी पन्त लगायत प्राविधिक टिम कार्यक्रममा सहभागी भएको थियो ।
तपाईको प्रतिक्रिया