कञ्चनपुरको भीमदत्त र बेलौरीबाट अबैध सामान बरामद
आइतबार पौष ७, २०८१/ Sunday 12-22-24
Paschim Today
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त र बेलौरीबाट अबैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१० भुँडा चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १५ हजार ३५० बराबरको सामान बरामद गरिएको हो। उक्त स्थानबाट चिनी, सुटपिस, थान कपडा, टिप्परको बम्फर, हाडबेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
तपाईको प्रतिक्रिया