सामुदायिक वनमा शान्तीको उदाहरणीय नेतृत्व

सोमबार पौष १५, २०८१/ Monday 12-30-24
Paschim Today

रेशुु बराइली 
धनगढी
१५३ घरधुरी शदस्य रहेको कैलारीको शिव सामदायिक वनको अवस्था लथालिङग थियो । बार्षिक साधारण सभाको कुरा त परै छाडौ, नियमित हुनु पर्ने कार्यसमितिको बैठक पनि बस्दैन थियो । कति सम्म भने वनको विधान, कार्ययोजना र निर्णय पुस्तिका पनि हराइसकेका थिए । ७२।७९ हेक्टर क्षेत्रफल भएको वनमा ११ वटा मात्रै सालका रुखहरु थिए । जसले जसरी मन लाग्यो वनबाट काठदाउरा ल्याउन रोकटोक थिएन । वनको अवस्था दिन प्रतिदिन विग्रदै गइरहेको थियो । 
२०६३ सालमा स्थापना भएको कैलालीको कैलारी गाउँपालिकामा वार्ड नं ३ वर्कामुुडामा रहेको यो सामदायिक वन पुरुषहरुले चलाई रहेका थिए । पुरुष नेतृत्वको समितिले वनलाई नियम अनुसार चलाउन नसके पछि २०६४ सालमा संचालनको जिम्मा स्थानिय युवाहरुलाई दिईयो । तर स्थानिय युवाहरु पनि वनको व्यवस्थापन गर्न सकेन । 
यसै विच तत्कालिन वन अधिकृत सुरेश केसीले महिलालाई सामुदायिक वन चलाउन दिने एउटा जुक्ती निकाले ।  तर नेतृत्व गर्ने कसले रु समुहमा छलफल हुँदा सबैले शान्ती देवी चौधरीलाई अध्यक्षमा प्रस्ताव गरे । आफ्नो नाम मात्रै लेख्न जान्ने शान्तीको लागि यो काम सहज त थिएन । तर सबैको हौसलाले उनले पद स्विकार गरिन । उनकै नेतृत्वमा ११ जनाको महिलाहरु मात्रै भएको कार्य समिती गठ्न भयो । 

No description available.

‘३०÷३१ बर्षकी थिएँ म उनले भनिन्, ‘घरको काम बाहेक अरु केही जानेकी थिइन् तर, साथीहरुले हौसला दिएपछि आँट आयो’ । सबैको हौसलाले नेतृत्व लिने साहस त जुटाइन तर वनको अवस्था सुधार्न उनका अगाडी चुनौती नै चुनौती थिए । सुरुका दिनमा अध्यक्षले कसरी काम गर्नूृ पर्छ भन्ने कुरा समेत उनलाई थाहा थिएन् । तर उनले हिम्मत हारिनन ।  ‘ँ  इच्छा भए उपाय कसो फेला नपर्ला भन्ने सोचे । विस्तारै काम गर्दै जाँदा सबै सिकिदो रहेछ “उनले भनिन । जसरी पनि सामुदायिक वनको अवस्था सुधार गरेरै छोड्ने अठोटका साथ उनि वनको संरक्षणमा पनि जुटिन । उनलाई साथ दिने गाउँका अन्य महिलाहरु लामबद्ध भए । 

No description available.

अन्तत उनले सबैको सहयोग लिएर सामुदायिक वनको अवस्था बदलेरै छोडिन । तिनै शान्ती देवी १३ वर्षदेखि शिव सामुदायिक बनको अध्यक्ष बनेर नेतृत्व गरिरहेकी छन् ।
लथालिङ अवस्थाको सामुदायिक वनको अवस्था ठिक पार्न उनको टिमले बर्ष दिन सम्म निकै संर्घष गर्नु पर्यो । समुहको महत्व, वन संरक्षणका फाइदा बारे गाउँका सबै मानिसहरुलाई बुझाउन पनि उनिहरुलाई हम्मे हुन्थ्यो । पहिला आफुले सिक्नु थियो, त्यही कुरा गाउँका मान्छेलाई सिकाउनु थियो । 
सुरुमा शान्तिको काम र नेतृत्वलाई सामुदायलाई पनि विश्वास गर्न सहज भने थिएन । गाउँका केहीले त उनलई नेतेनी भइ अव शान्ती भनेर पनि सुनाउने गर्थे । तर, यस्ता कुरालाई उनले वेवास्ता गर्दै आघि बढिन् ।
उनलाई यो कुरालाई पछि पार्दै आफ्नो जिम्मेवारी गर्नुपर्ने थियो ।
कसरी कामगर्ने सामुदायिक वनको अध्यक्ष भइसके पछि जुन सुकै समयमा पनि जंगलको रेख देख गर्न जानू पर्ने, विभिन्न कार्यक्रममा जानू पर्ने हुन्थ्यो । शान्ती त नेता भइ पुरुष संग हिड्छ, बोल्न आउदैन के काम गर्ला र भन्ने खालका कुरा गर्दथे तर शान्तीले त्यस्ता कुरालाई वेवास्ता नै गर्ने गर्थिन । 


विद्यालय नै नगएकि गाउँमै प्रौढ शिक्षा पढेकी शान्तिको परिवारमा दूई छोरा, बूहारी श्रीमान गरि पाच जना रहेका छन । उनका श्रीमान पनि राज मिस्त्रीको काम गर्छन् । घरपरिवारबाटै शान्तिले निकै सहयोग पाइरहेकी छन् ।  ‘मेरो श्रीमानले गर्दानै आज म यहाँ सम्म आएकी हु नत्र हाम्रो समाजमा एउटा महिलालाई कति गरो छ फेरि घर बच्चा सम्हाल्नु पर्ने अनि सामुदायिक वन पनि, श्रीमानले सहयोग नगर्नु भएको भए सम्भव नै थिएन उनले भनिन् ।’ 
उनी बिहान घरको सबै काम सकेर सामुदायिक वनको काम गर्नको लागि हिड्नु हुन्छ । घरको काममा उनका श्रीमानले पनि सघाउने भएकाले शान्तिलाई अझै सहज भएको छ ।
 ‘एकवर्ष हामी हरेक कार्यक्रममा जान थाल्यौ, निरन्तर बैठक बस्ने गथ्र्यौ , विभिन्न तालिममा  तालिममा गयौं । , चोरी सिकारी नियन्त्रण गर्नको लागि समिती गठन गर्यौ ।   तीन वर्ष सम्म वन नविरण भएको थिएन । ैव्यक्तिगत पैसाले नविकरण गर्न लगायौं ।, उनले भनिन, ‘हाम्रो काम र मेहनत देखेर हाम्रो छाता संगठन सि एफ सिसि ‐बसान्ता वन क्षेत्र सामुदायिक वन उपभोक्ता समिति ० ले उहाँहरुले काम गर्न सक्नुहून्छ भनेर कालो सुचिमा रहेको हाम्रो वनलाई संचालन गर्न सहयोग गर्नू भयो ।

शान्ती सामुदायिक वनको अध्यक्ष बनीसके पछि अहिले यस वनको मुहारनै फेरिएको छ । अहिले सालका रुख र कू–काठ गरि दुई हजार भन्दा बढि रुखहरु छन । सालका रुखहरु रोपेर नहुने भएकाले त्यसका लागी आफै उम्रिएका विरुवाहरुको नै संरक्षण, छाटकाट गरि हुर्काउनु पर्ने भएकाले समुह सुरुमा सालका विरुवा संरक्षण गर्न तर्फ लाग्यो । 
शान्ति भन्नुहून्छ “ अहिले त सालको रुख सगै कु काठहरु पनि प्रसस्तै छ, हामि आफैले पनि कुसुम, जामुन, सिसम, लिप्टिस, खयर, रुइनो लगायतका रुखहरु रोपेको छौ, एकदमै धेरै घना जंगल बनाएका छौ,सबैले घाँस दाउरा पाइरहनु भएको छ ” ।

No description available.
७२।७९ हेक्टरमा रहेको शिव सामुदायिकवनबाट १५३ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । वर्षमा २ पटक दाउराको लागि बन खोल्ने गरिएको छ । यहाँको सफाइ, कटाइ सबै काम शान्ती देबिको समुहले नै गर्छन् । सामुदायिक वनबाट पनि धेरै महिलाहरुको जिबिकोपार्जन र आयआर्जन पनि भइरहेको छ । दाउरा संकलन  गरेर बेच्ने, पातबाट दुनाटपरी बनाउने, घर निर्वाण गर्न काठ ल्याउने,  पशुपालनगर्न घाँस स्याउला ल्याउने गर्दछन । अहिले यस वनको वार्षिक ७० देखि ८० हजार बराबरको आर्थिक कारोबार हुनेगरेको छ भने समितिको खातामा  समेत १६ हजार रकम रहेको छ जुन रकम सामाजिक कार्यमा खर्च गर्ने गरिन्छ । 
१३ वर्षको अनुुभवले शान्तिलाई धेरै कुरा सिकाएको छ । वनको संरक्षण कसरी गर्ने उपभोग कसरी गर्ने र व्यवस्थापन सम्बन्धि थूप्रै जानकारी लिइ सकेकी छन् ।

आफूले सिकेका कुरा समुहमा आएर सबैलाई सिकाउने गर्छिन जस्ले गर्दा समूहका सबै जना वन उपभोग र संरक्षण कसरी गर्ने भन्ने विषयमा निकै जानकार भएका छन् । 
शान्ती आफ्ना सामुदायिक वन उपभोक्ता समिति र गाउलेहरु सगं मिलेर वन व्यवस्थापनका लागि वनमा अग्नीरेखा, काट्ने छाट्ने, अट्लाउने पट्लाउने र छपानी आदेश लिएर पूराना काम नलाग्ने रुखहरुलाई काट्ने लगायतका काममा निकै सक्रिय भएर लाग्ने गर्दछिन । 

कालराम चौधरी विगत आठ वर्ष देखि सब डिभिजन वन कार्यलय बसान्ता कैलारीमा जमदारको रुपमा कार्यरत हुनून्छ, सामुदायिक वन र शान्ति देविको नेतृत्वलाई नजिक बाट नियाल्दै आउनु भएको छ । 
कलराम भन्नुहून्छ “वहाले वन पनि जोगाउनु भएको छ,आफ्नो कार्य समितिमा सबै पदाधिकारीहरुलाई मिलाएर लैजानु भएको छ ,हामिलाई पनि अचम्म लाग्छ एउटा महिला भएर यतिका अहिले सम्म अध्यक्ष भएर काम  गर्नू भएको छ, कसै सित बोल्न डराउनुहूदैन एकदमै साहासि महिला होे शान्ति देवि” ।
राम्रो कामगर्ने, नियमित बैठकमा जाने र अध्यक्षको नियमित हाजिर हेरेर सामुदायिक वनको छाता सगठन बसन्ता सि एफ सिसि बाट प्रमाण पत्रपाईदो रहेछ शिव सामुदायिक वनको कामको राम्रो मुल्यांकन बाट २०७१, ०७४, ०७६ र ०८० सालगरि चार पटक सामुदायिक वनको छाता सगठन बसन्ता सि एफ सिसि बाट सम्मानित समेत भइसकेको छ । 
सामुदायिक वनको छाता सगठन बसन्ता सि एफ सिसि ‐बसान्ता वन क्षेत्र सामुदायिक वन उपभोक्ता समिति ० का शदस्य देव समझ चौधरी शान्ति शिव सामुदायिक वनको अध्यक्ष भए दखिनै संगठनमा हूनुहून्छ शान्तिको नेतृत्वलाई निकै प्रसन्सा गर्नूहुन्छ “शिव सामुदायिक वन समितिका मान्छेहरु धेरै मेहनति छन, हामिले दिने कामहरु जस्ले राम्रो सगं गर्नुहून्छ त्यस वन समितिलाई हामी सम्मान गर्ने गर्छौ त्यहि काम गरेको भएर शिव सामुदायिक वनलाई हामीले चार पटक सम्मान गरिसकेको छौ, यस्ले वहाहरुलाई अझ बढि काम गर्ने प्रेरणा दिन्छ, शान्ति देविले यो वनको लागी धेरै मेहनत गर्नुभएको छ” भन्नुहून्छ ।

No description available.

शान्तिलाई गाउँका सबैले उनको काम र उनले गरेको निर्णमा सहयोग गर्ने गर्दछन , स्थानिय श्रीभजन चौधरी पनि शान्तिले गर्नू भएको काम देखेर निकै खूसि हूनुहुन्छ वहा भन्नूहुन्छ शान्ति देविले हाम्रो सामुदायिक वनमा एकदमै राम्रो काम गर्नु भएको छ, अहिले त हाम्रो वन धेरै रुखहरु छन, चाहिएको बेला दाउरा पाउछौ, घर बनाउन लाई पनि दाउरा दिनुहुन्छ, अहिले सबै जंगलमा तारबार गर्नु भएको छ, वहाको कामलाई देखेर त हामी गाउँका सबैले यत्रो वर्ष अध्यक्ष बनाएका छौ” ।  

पछिल्लो समय सामुदायिक वन स्रोतबाट महिलाहरुको आर्थिक सशक्तिकरण र नेतृत्वमा समेत विकास भएको छ । महिलाले घर, भान्सा, बालबच्चा र परिवार व्यवस्थापन मात्र गर्न सक्छन् भन्ने समाजलाई चुनौतीदिदै उनिहरुले हाम्रो समाजको नै सोंच बदलिदिएको छ । 
अध्यक्ष, सचिव, कोषाध्यक्ष जस्ता कार्यकारी पदमा महिलानै हुनूपर्छ भन्ने बाध्यकारी नीति नियमले पनि सामुदायिक वनमा महिलाको नेतृत्व बढेको पाईन्छ । 
सामुदायिक वनमा जिम्मेवारी सम्हालेका कतिपय महिला अहिले नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका मात्र नभई उनीहरु समुदायको विकास निर्माण, समाजमा हुने हिंसा न्यूनीकरण, सामाजिक समस्याको निराकरणका जस्ता विभिन्न काममा टेवा पु¥याउदै आएकी छन् । 

No description available.
उनी आफूूलाई स्थानीय तहले बनका कार्यमा सहयोग गरेको बताउछिन् । तर, अन्य कामको जस्तो पैसा आउने काम भने नहुँदा यसलाई आर्थीक रुपमा जोड्नलाई त्यस्ता कार्यक्रमहरु पनि ल्याउनमा सहयोग पुुगाउनुुपर्ने उनको भनाई छ । 
यसका साथै यसै सामुदायिक बनबाट कसरी आर्थीक रुपमा आम्दानी पनि गर्न सकिन्छ भनेर स्थानीय तहले काम गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।