कैलालीको ३ स्थानबाट भन्सार छलीका सामान बरामद
बिहीबार पौष १८, २०८१/ Thursday 01-02-25
Paschim Today
धनगढीः कैलालीको ३ स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल, धनगढी उपमहानगरपालिका–१० सिमलघाट, घोडाघोडी नगरपालिका–१२ नक्फोडुवा र टीकापुर नगरपालिका–९ पायलगाउ स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५१ हजार ६९० बराबरका भन्सार छलीको सामान बरामद गरिएको हो।
उक्त स्थानबाट चिनी, सुर्ती, टाएर, माछा, कस्मेटिक लगायतका सामान प्रहरीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
तपाईको प्रतिक्रिया