कान्तिपुर डेन्टल होम र लक्ष्मी सनराइज बैङ्कबिच उपचारमा छुट दिने सम्झौता

बुधबार पौष १७, २०८१/ Wednesday 01-01-25
Paschim Today

कैलाली  । कान्तिपुर डेन्टल होम धनगढी र लक्ष्मी सनराइज बैङ्क बिच दन्त उपचारमा छुट दिने सहमति भएको छ । कान्तिपुर डेन्टल होमले सुदूरपश्चिम प्रदेशमा रहेका लक्ष्मी सनराइज बैङ्कका सम्पूर्ण कर्मचारी तथा सेवाग्राहीलाई विभिन्न सेवामा १०  देखि १५ प्रतिशतसम्म उपचारमा छुट दिने भएको छ ।

कान्तिपुर डेन्टलको तर्फबाट  प्रबन्ध निर्देशक डा रितराज खड्का तथा कर्मचारी र बैङ्कको तर्फबाट क्षेत्रीय संचालक अधिकृत सुरेश भट्ट र धनगढी शाखा प्रबन्धक राजसिंह पुजराले सम्झौता अनुसार सहकार्य हुने बताएका छन् । 

उनीहरु बिच एक वर्षसम्मको लागि सम्झौता भएको हो । बैङ्किङ क्षेत्रमा लक्ष्मी सनराइज बैङ्कले राम्रो सेवा दिइरहेको छ भने दत्त उपचारमा कान्तिपुर डेन्टल होमले गुणस्तरीय सेवा दिइरहेको छ ।

यस्तो छ छुट