ठूलो भूकम्पपछि परकम्पको जोखिम : सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25
Paschim Today

काठमाण्डौ – ठूलो भूकम्पछि परकम्प जानसक्ने जोखिम रहने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार कुनै पनि ठूलो भूकम्पपछि परकम्प आउने सम्भावना हुन्छ ।

आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । यो भूकम्पपछि परकम्प पनि आउन सक्ने केन्द्रले जनाएको छ ।

यसैबीच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले बेलाबेला स–साना भूकम्पको धक्का आइरहेका भन्दै सबैलाई सतर्क रहन, सुरक्षित बस्न आग्रह गर्नुभएको हो ।